सुनसरीमा चारवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना

शुक्रबार, ०२ माघ २०८२

धरान : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

सुनसरीको मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत इनरुवा स्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय दुहवी स्थित पशु सेवा तालिम केन्द्रमा स्थापना गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय इनरुवा स्थित शिक्षा तालिम केन्द्रमै स्थापना गरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय भने धरान–८ स्थित सभागृहमा स्थापना गरिने सुनसरी प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । सुनसरीमा मुख्य निर्वाचन अधिकृतका रूपमा प्रकाश राउतलाई तोकिएको छ भने निर्वाचन अधिकृतका रूपमा दिव्यराज घिमिरे, राजेन्द्रकुमार लम्साल र पदमबहादुर कार्कीलाई तोकिएको छ । 

कार्यलय स्थापना भएसंगै आजबाट निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया निर्वाचन अधिकृतको कार्यालयमार्फत नै सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलले बताए । चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा पाँच लाख ८० हजार ९४५ जना मतदाता रहेका छन । जसमा जिल्लाभर जम्मा १६७ मतदान स्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया

स्वर्णिम राई
लेखकको बारेमा
स्वर्णिम राई
धरानबाट पत्रकारिता गर्ने राई प्रदेश खबरका लागि कलम चलाउँछिन् ।

सम्बन्धित समाचार