छठ पर्वअन्तर्गत पहिलो दिन नहाय खाय विधि सम्पन्न

शनिबार, ०८ कार्तिक २०८२

धनुषा मिथिलाञ्चनको महान चाड चार बदिवसयीय छठ पर्व अन्तर्गत आज शनिबार ‘नहाय खाय’ विधि सम्पन्न गरिएको छ ।

व्रतालु महिलाले सूर्यदेवको आराधना गर्दै जलासयमा नुहाएर चोखो पकवान ग्रहण गरी पवित्र नहाय खाय विधि गरेका सम्पन्न हुन् ।

यस विधिअन्तरगत व्रतालुले नदी, पोखरी वा धारामा स्नान गरी शुद्ध भई अरवा चामल र लौकाको तरकारीको प्रसाद ग्रहण गर्ने परम्परा रहेको व्रतालु क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कि गीतादेवी साहले बताइन् । 

छठ पर्वको पहिलो दिन नहाय खाय सम्पन्न गरेपश्चात् व्रतालुले सूर्योपासना गर्दै चार दिनसम्मको कठिन व्रत सुरु गर्ने प्रचलन छ ।

चार दिवसीय छठअन्तर्गत कठोर व्रतको पहिलो दिन आज नाहाय खाय, दोश्रो दिन आइतबार खरना, तेश्रो दिन सोमबार उस्ताउँदो सूर्य र अन्तिम दिन मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन छ ।

तराई मधेसवासीको मुख्य चाड छठ पर्वलाई उत्साहका साथ मनाउनका लागि तयारी अन्तिम चरणमा छ । 
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार