अविरल वर्षापछि इटहरीमा आज विद्यालय बिदा (सुचनासहित)

शुक्रबार, १४ कार्तिक २०८२

इटहरी : मोन्था चक्रवातको प्रभावले पूर्वी नेपालमा बिहीबार साँझदेखि लगातार वर्षा भइरहेपछि इटहरी उपमहानगरपालिकाले आज शुक्रवारका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाको शिक्षा शाखाले विशेष सूचना जारी गर्दै एक दिनका लागि विद्यालय बिदा दिने उल्लेख गरेको छ।

शिक्षा शाखाका अधिकृत तिर्थ गौतमका अनुसार अत्यधिक वर्षाका कारण विद्यार्थीहरूको सुरक्षा तथा आवत–जावतको चुनौतीलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो।

“आज शुक्रवार परेकाले यस बिदा बाट अन्य कुनै दिन कटौती हुने छैन,” गौतमले जानकारी दिए।

लगातारको वर्षाले सहरका विभिन्न स्थानमा पोखरी–डुबान र सडक अवरुद्ध भइरहेकाले अभिभावक तथा विद्यालयलाई सचेत रहन आग्रह गरिएको छ।

वातावरणीय जोखिम बढ्दै गएसँगै इटहरीमा जनजीवन प्रभावित बनेको ।

WhatsApp Image 2025-10-31 at 08.25.14

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार