एमाले नेता वासुदेव घिमिरे रास्वपा प्रवेश गर्ने तयारीमा, चुनावमा टिकट पनि पाउने

मंगलबार, १५ पुस २०८२

नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा रहेका छन् । उनी रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने प्रस्तावप्रति सकारात्मक देखिएका छन् ।

घिमिरे निकट स्रोतका अनुसार उनी काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को टिममार्फत रास्वपामा समाहित हुने तयारीमा रहेका छन् । बालेनले यसअघि तिलोत्तमा नगरपालिकाको नगर प्रमुख रहँदा घिमिरेले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै गत प्रतिनिधिसभा निर्वाचनमा सार्वजनिक रूपमा घिमिरेको समर्थन गरेका थिए ।

संघीयता कार्यान्वयनपछि तिलोत्तमा नगरपालिकाको नगर प्रमुख बनेका घिमिरे २०७९ सालको निर्वाचनमा रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यद्यपि, उनी एमालेको केन्द्रीय सदस्यमा भने पराजित भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार