यी हुन् कोशी प्रदेशबाट समानुपातिक सूचीमा परेका कांग्रेसका प्रतिनिधि

मंगलबार, १५ पुस २०८२

डेक्स : नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि पेस गरेको समानुपातिक सूचीमा कोशी प्रदेशबाट १८ जना समेटिएका छन् । 

कांग्रेसका पदाधिकारी सहमहामन्त्री भीष्मराज आङदेम्बेसहितका नेताहरू काशी प्रदेशबाट अटाएका हुन् । 

सबैभन्दा बढी आदिवासी जनजाति समुदायबाट ९ जना सूचीमा परेका छन्, जसमा ५ महिला र ४ पुरुष रहेका छन् । आदिवासी जनजाति पाँचथरका आङदेम्बे सहित मोरङका गोपालमान सिंह राजभण्डारी, संखुवासभाका यलकुमार लिखा, तेह्रथुमका विजय सोम्वाहाम्फे तथा सोलुखुम्बुकी गीता गुरुङ रहेका छन् । त्यस्तै ताप्लेजुङकी गीताकुमारी सेन्दाङ, ओखलढुंगाकी सविता राई, इलामकी प्रेमिका रानामगर र सुनसरीकी निर्मला गुरुङ पनि सूचीमा समावेश छन् ।

खस–आर्य समुदायबाट ४ जना चयन भएका छन्, जसमा २ महिला र २ पुरुष रहेका छन् । खस–आर्य समूहमा झापाकी शुशिला ढकाल आचार्य, मोरङकी रुक्मणी कोइराला, झापाकी गोमाकुमारी भट्टराई र सोलुखुम्बुकी रिना उप्रेती समावेश छन् ।

थारु समुदायबाट १ जना प्रतिनिधित्व भएको छ । मोरङकी डा.प्रमिला गच्छदार समानुपातिक सूचीमा परेकी छन् ।

त्यसैगरी दलित समुदायबाट २ जना चयन भएका छन् । झापाकी मनुमाया विश्वकर्मा र सुनसरीका चन्द्रेश्वर शर्मा खत्वे सूचीमा परेका छन् ।

मुस्लिम समुदायबाट पनि २ जना प्रतिनिधि समावेश भएका छन् । सुनसरीकी नगमा शाहिद अंसारी (महिला) र सुनसरीकै जमिल अख्तर मिया (पुरुष) समानुपातिक सूचीमा परेका हुन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार