बालेनको मध्यरातको विवादास्पद स्ट्याटस : केहीबेरमै हटाए पनि भाइरल

आइतबार, १६ कार्तिक २०८२

काठमाडौँ : काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) पुनः एकपटक आफ्नो अभिव्यक्तिका कारण चर्चामा आएका छन्।

उनले मध्यरातमा सामाजिक सञ्जालमा पोस्ट गरेको एक विवादास्पद स्ट्याटस केही मिनेटमै हटाए पनि त्यसको स्क्रिनसट अहिले सोसल मिडियामा तीव्र तरङ्ग पैदा गरिरहेको छ।

शाहले रत्तिभर नहिचकिचाई अमेरिका, भारत, चीनजस्ता शक्तिशाली मुलुक तथा नेपाली प्रमुख राजनीतिक दल—एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपालाई लक्षित गर्दै तीखो र आपत्तिजनक भाषामा टिप्पणी गरेका थिए।

उनको शब्दचयन अशिष्ट र कूटनीतिक रूपमा अत्यन्त संवेदनशील भएको भन्दै निरन्तर बहस भइरहेको छ।

पोस्ट सार्वजनिक भएको केही समयमै शाहले हटाए पनि स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेका छन्।

धेरैले त्यो अभिव्यक्तिलाई ‘अतिरञ्जित आक्रोश’ भनेका छन् भने केहीले ‘राजनीतिक र कूटनीतिक सीमा नाघिएको’ बताइरहेका छन्।

बालेन शाह आफ्ना तिखा र अनौपचारिक अभिव्यक्तिका कारण पहिले पनि विवादमा तानिने गरेका छन्। यो घटनाले फेरि एकपटक उनको राजनीतिक शैली र अभिव्यक्ति संस्कारमाथि प्रश्न उब्जाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार