अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्याङ्की निर्माण सुरु गरिएको छ । सो ट्याङ्की निर्माणमा आवश्यक पानी बोक्न खच्चडको प्रयोग गरिएको छ ।
खाँचीकोटमा पानी पु¥याउन लुम्बिनी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो योजना लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिने वडाध्यक्ष चुराबहादुर केसीले जानकारी दिए ।
मोटरबाटो नपुगेको उक्त स्थानमा खानेपानी ट्याङ्की निर्माण गर्न दैनिक सात वटा खच्चडलाई पानी बोकाइएको छ डोल्पाबाट ल्याइएका ती सातवटा खच्चड जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्यूठानहुँदै हिल स्टेशनमा ल्याउनै १५ दिन लागेको थियो ।
एउटा खच्चडले एक पटकमा ७० लिटर पानी बोक्ने गर्दछ । एउटा खच्चडलाई पानी बोकाए बापत् दैनिक पाँच हजार रुपैयाँ ज्याला खच्चड धनीलाई भुक्तानी गर्ने गरी पानी बोकाइरहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले बताए ।
यसरी पानी बोकाउँदा एक लिटर पानीको करिब १० रुपैयाँ पर्ने अनुमान गरिएको छ । खाँचीकोट क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थानसमेत मानिन्छ । हिल स्टेशनसम्म पुग्न सहज हुँदा यो स्थान नयाँ पर्यटकीय गन्तव्यको रूपमा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया