झापा : झापाको मेचीनगर–६ मेचिपुलस्थित सीमाक्षेत्रबाट प्रहरीले खैरो हेरोइनसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।
शुक्रवार साँझ करिब ७ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल प्रवेश गर्दै गरेका मेचीनगर–६ का २१ वर्षीय अशोक राजवंशी र २२ वर्षीय रिचार्ड श्रेष्ठलाई शङ्कास्पद अवस्थामा रोकी जाँच गरेको थियो।
जाँचका क्रममा राजवंशीको साथबाट प्लास्टिक बाहेक २ ग्राम ३०० मिलिग्राम र श्रेष्ठको साथबाट ३८० मिलिग्राम गरी जम्मा २ ग्राम ६८० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवैजनालाई बरामद लागुऔषधसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेको जनाएको छ।
प्रतिक्रिया