काठमाडौँ : स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत ४५ वर्षीय माधवप्रसाद लम्सालको मृत्यु भएको छ।
लम्साल आफैले चलाएका लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल पुतली खेत–सतौं भित्री पक्की सडक अन्तर्गत पुतलीबजार नगरपालिका–१४ आम्बोटमा दुर्घटनामा परेको थियो।
मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
सतौंबाट पुतलीबजारको लामागेतर्फ जाँदै गर्दा दुर्घटनामा परेका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल पुर्याइँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख रहेका थिए । लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका–१४ लम्साल डाँडामा रहेको छ।
प्रतिक्रिया