रुकुमपूर्व : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन्।
स्थानीय युवा विजय अधिकारीका अनुसार अहिले पनि घटनास्थलमा उद्धार कार्य जारी छ।
उनका अनुसार खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप झारमारेमा दुर्घटनाग्रस्त भएको हो।
गाडी चालक टोपजङ बुढा गम्भीर घाइते भएका छन्। जिपमा सिट क्षमताभन्दा बढी यात्रु सवार रहेको प्रारम्भिक जानकारी आएको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरी टोली घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
प्रतिक्रिया