आत्महत्या दुरुत्साहन मुद्दामा गायक तथा संगितकार बाबुल गिरी पक्राउ

शुक्रबार, ०७ कार्तिक २०८२

काठमाडौँ : पछिल्लो समयका चर्चित गायक तथा सङ्गीतकार बाबुल (धनबहादुर) गिरी आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गिरी शुक्रवार पक्राउ परेका हुन् । 

अनामनगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएपछि गायक उनी पक्राउ परेका हुन् ।

गायिका पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको अवस्थामा शुक्रवार बिहान साढे ८ बजे मृत्यु भएको थियो ।

प्रहरीले गिरीविरुद्ध पौडेलका परिवारका सदस्यले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएपछि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । 

आफैँमाथि आगो लगाइरहेको अवस्थामा गायिका पौडेललाई गत शनिवार प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्‍याएको थियो । उक्त घटनामा गिरी पनि सामान्य घाइते भएका थिए ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले गिरी र पौडेल प्रेम सम्बन्धमा रहेको र विवादले यो घटना भएको जानकारी प्राप्त भएको जानकारी दिएको छ ।

पछिल्लो समय गिरीले सङ्गीत भरेका तथा गाएका चलचित्रहरूका अधिकासं गीतहरू सुपरहिट रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार