पेट्रोलियम पदार्थको मूल्य घट्यो, आज रातिदेखि लागू हुने

बुधबार, १६ पुस २०८२

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्य घटाइएको हो।

निगमले सार्वजनिक गरेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाइएको छ। त्यसैगरी आन्तरिक उडानका लागि प्रयोग हुने हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँले मूल्य घटाइएको छ।

हवाइ इन्धनको अन्तर्राष्ट्रिय उडानतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका आधारमा उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको हो। मूल्य घटेसँगै सर्वसाधारण उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार