दमकमा एमालेको बृहत् मोटरसाइकल र्‍याली

शनिबार, १५ कार्तिक २०८२

झापा : देशभर फैलिएको जेन जी आन्दोलनपश्चात् उत्पन्न राजनीतिक परिस्थितीबीच नेकपा (एमाले) दमक नगर कमिटीको संयोजनमा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न भएको छ।

दमक नगर कमिटी अन्तर्गत विभिन्न जनसंगठनहरूको सहभागितामा नगर संयोजक विवेक भट्टराईको नेतृत्वमा आयोजित उक्त र्‍यालीमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशसभा सदस्य होम थापा, पार्टीका झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

र्‍यालीमा करिब १० वटा साना गाडी र ४५० मोटरसाइकलसहित झण्डै ७०० कार्यकर्ताहरू सहभागी भएका थिए। र्‍याली दमक–५ स्थित गोर्खा डिपार्टमेन्ट अगाडिबाट सुरु भई सेतुमारी रोड, नगर पार्टी कार्यालय (पखेटे), शान्तिमार्ग, क्याम्पस मोड, खरखरे आम्दा रोड, फाल्गुनन्द चोक, पुरानो सब्जी बजार, शंखधर चोक र जेसीज चोक हुँदै आकाशे पुलमा पुगेर सम्पन्न भएको थियो।

र्‍याली सुरु हुनु अघि आयोजित कार्यक्रममा दमक नगर कमिटीका अध्यक्ष राम पौडेलले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने,

“जनतालाई डर र धम्की देखाएर शासन गर्ने शक्ति र सत्ता एमालेलाई स्वीकार्य छैन। एमाले सधैं जनता, न्याय र शान्तिको पक्षमा रहने पार्टी हो।”

उनले नेकपा (एमाले) किसान, मजदुर र सर्वसाधारणको आवाज सुन्ने पार्टी भएको बताउँदै जनताबाट निरन्तर साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गरे।

र्‍यालीमा सहभागीहरूले ‘जनता, न्याय र शान्तिको पक्षमा नेकपा एमाले’ लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार