काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।
महाशाखाका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
यस्तै, आज दिउसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । साथै, कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भू–भागका एकदुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति भने सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
प्रतिक्रिया