इलामको देउमाई खोलाबाट १७ दिन पनि यातायात आवगमन सुरु

मंगलबार, ०४ कार्तिक २०८२

इलाम : इलामको देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकालाई जोड्ने गजुरमुखीस्थित देउमाई खोलाबाट सोमबारदेखि सवारी सञ्चालन सुरु भएको छ।

गत असोज १८ गतेको बाढीले पक्की पुलमा क्षति पुर्‍याएपछि बन्द भएको सडक १७ दिनपछि अस्थायी ड्याम निर्माण गरेर खोलाबाट साना सवारी सुचारु गरिएको हो।

कोशी प्रदेश सरकारको सहयोगमा माङ्सेबुङ गाउँपालिकाले भत्किएको पुल क्षेत्रमा ड्याम निर्माण गरेको अध्यक्ष हेमन्त राईले जानकारी दिए।

ड्याम निर्माणका लागि गाउँपालिकाले एक हप्तासम्म एउटा एक्स्काभेटर र दुई वटा जेसीबी परिचालन गरेको थियो।

हालसम्म अस्थायी ड्याममार्फत साना सवारी मात्र सञ्चालनमा आएका छन् भने ठूला सवारी अझै सुचारु हुन सकेका छैनन्। पुल भत्किएपछि माङ्सेबुङ गाउँपालिका र इलाम सदरमुकामबीच सडक सञ्चार रोकिएको थियो।

स्थानीय बासिन्दा र यातायात व्यवसायीहरूले सडक सुचारु भएकोमा राहत व्यक्त गरेका छन्, तर ठूला सवारीका लागि पूर्ण पुल निर्माणको आवश्यकतालाई जोड दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार