बिर्तामोडबाट नागरिकता किर्ते गर्न खोज्ने एक जना युवा पक्राउ

विहीबार, १७ पुस २०८२

झापा । नागरिकता किर्तेको आशंकामा प्रहरीले झापाको बिर्तामोडबाट २३ वर्षीय पप्पु ठाकुरलाई पक्राउ गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईको नेतृत्वमा खटिएको टोलीले शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का ठाकुरलाई पक्राउ गरिएको हो। 

ठाकुरलाई बिर्तामोड नगरापलिका वडा नम्बर ३, दुर्गा मन्दिर छेउबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिएका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार, ठाकुरले सप्तरीको राजगढ निवासी राजकुमार ठाकुरको नाममा नागरिकता बनाउने प्रयास गरेको खुलेको छ। उनलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको छ।जिल्ला प्रशासन र प्रहरीको सक्रियताले नागरिकता किर्ते रोक्न सफलता पाएको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार