मोरगं : कर्तव्य ज्यान मुद्धामा दोषि ठहर भएपछि फरार भएका मोरगंको मिक्लाजुङका डिगबहादुर राईलाई प्रहरीले ९ बर्षपछि पक्राउ गरेर अदालतमा वुझाएको छ । मोरगं जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २०७३ साल चैत्र २७ दोषि ठहर भएर गर्दै २० वर्ष कैदी तोकिएका मोरगंको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ का राईलाई आफनै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्धामा दोषि ठहर गरेपछि फरार भएका प्रतिवादी राईलाई मोरगं प्रहरीले उनकै घरबाट हिजो पक्राउ गरेको थियो । पक्राउ परेका फरार कैदी राईलाई अदालतको फैसला कार्यान्वयनका लागि मोरगं जिल्ला अदालतमा वुझाइएको जिल्ला प्रहरी कार्यालय मोरगंकी प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जानकारी दिइन ।
प्रतिक्रिया