काठमाडौँ : काठमाडौँ महानगरका मेयर बालेन साहको मध्यरातको सामाजिक सञ्जाल गतिविधिले फेरि राजनीतिक माहौल तातेको छ ।
शनिवार मध्यराति असभ्य शब्दावलीसहितको स्ट्याटस लेखी केही समयपछि नै हटाएको विषयलाई लिएर एमाले नेता सूर्य थापाले तीव्र टिप्पणी गरेका छन् ।
थापाले बालेनको स्ट्याटसको स्क्रिनसर्ट सार्वजनिक गर्दै मेयर साह ‘नशामा रहेर अनर्गल लेखपोस्ट गर्ने’ व्यक्ति भएको दाबी गरेका छन् । उनले बालेनको व्यवहारलाई ‘देशद्रोही शैली’को भन्दै कठोर शब्दमा आलोचना गरेका छन् ।
थापाको भनाइअनुसार, सिंहदरबारमा आगो लगाउन उक्साउने, भिजिलान्तेमार्फत अराजकता फैलाउने र नशामा लठ्ठिएर राजधानी चलाउने पात्रलाई ‘मेयरको जिम्मेवारी’ दिनु नै मुलुकका लागि दुर्भाग्यपूर्ण भएको हो ।
‘गाँजा तानेर बेहोसीमा पागलजस्तै लेख्दै हटाउँदै रमाउने, यसरी देश बनाउने नाटक गर्नेहरूलाई आइकन मान्नु लाजमर्दो हो,’ थापाले भनेका छन्, ‘यसरी दुर्व्यसनीलाई देशको राजधानीको नेतृत्वमा पु¥याउनु नै ठूलो अपराध हो ।’
थापाले बालेनलाई ‘लुसिफर, दलाल र देशद्रोही’ जस्ता कडा शब्द प्रयोग गर्दै मेयरको आचरणको निन्दा गरेका छन् ।
यसअघि पनि मेयर बालेनको सामाजिक सञ्जाल गतिविधि र भाषाशैली विवादमा परिरहँदा रहेकाले यो ताजा घटना फेरि चर्चामा आएको हो ।

प्रतिक्रिया