नियमित यौन सम्पर्क गर्दा हुन्छन् यस्ता छन फाइदा

आइतबार, १६ कार्तिक २०८२

काठमाडौं : नियमित यौन सम्बन्धले शारीरिक मात्र होइन, मानसिक र भावनात्मक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। यौन सम्पर्क दाम्पत्य सम्बन्ध सुमधुर बनाउन, तनाव घटाउन र शरीरलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रमाण फेला परेका छन्।

यहाँ वैज्ञानिक अध्ययनहरूले देखाएका केही प्रमुख फाइदाहरू छन् —

मुटु स्वस्थ रहन्छः युरोपियन हार्ट जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, यौन सम्पर्कका क्रममा मुटुको धड्कन भर्‍याङ उक्लिँदा जत्तिकै बढ्ने पाइएको छ।

यसले मुटु सक्रिय राख्न मद्दत गर्छ, जसका कारण नियमित यौन जीवनले मुटुको स्वास्थ्यमा सुधार ल्याउन सक्छ।

तनाव घटाउँछः सन् २००६ मा बायोलोजिकल साइकोलोजी मा प्रकाशित अनुसन्धानले यौन सम्पर्क वा हस्तमैथुनले तनाव घटाउने देखाएको छ।

यस्ता गतिविधिहरूले मानिसलाई मनोवैज्ञानिक रूपमा सहज बनाउँछन् र तनाव व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछन्।

समग्र स्वास्थ्यमा सुधारः सन् २००७ मा ५७ देखि ८५ वर्ष उमेर समूहका तीन हजार अमेरिकी सहभागीमा गरिएको अध्ययनले देखायो— सक्रिय यौन जीवन भएका व्यक्तिहरू जीवनको उत्तरार्द्धमा बढी स्वस्थ रहन्छन्। स्वास्थ्य राम्रो भएकाले उनीहरूको यौन जीवन पनि अझ सक्रिय रहने पाइएको छ।

मस्तिष्कलाई चुस्त बनाउँछः कोभेन्ट्री विश्वविद्यालयको अनुसन्धानले सक्रिय यौन जीवन भएका ५० देखि ८९ वर्ष उमेरका व्यक्तिहरू संज्ञानात्मक परीक्षणमा राम्रो प्रदर्शन गर्ने नतिजा निकालेको छ। विशेष गरी पुरुषहरूले सङ्ख्या अनुक्रम र स्मरणशक्ति सम्बन्धी परीक्षणमा उत्कृष्ट नतिजा दिएका थिए।

रोग प्रतिरोधात्मक शक्ति बढाउँछः सन् २००४ मा साइकोलोजी रिपोर्ट मा प्रकाशित अध्ययनले सातामा एक वा दुईपटक यौन सम्पर्क गर्ने व्यक्तिहरूमा इम्युनोग्लोबुलिननामक एन्टिबडीको मात्रा ३० प्रतिशत बढी हुने पत्ता लगाएको छ। यसले शरीरलाई रोगसँग लड्न मद्दत गर्छ।
नियमित र स्वस्थ यौन जीवनले शरीरको भित्री प्रणाली सुदृढ बनाउँछ, मुटु र मस्तिष्कलाई सक्रिय राख्छ, तनाव घटाउँछ र दाम्पत्य सम्बन्धलाई अझ सुमधुर बनाउँछ। तर, यसको फाइदा पाउन सुरक्षित, आपसी सहमतिपूर्ण र सन्तुलित सम्बन्ध आवश्यक छ। -एजेन्सी
 

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार