झापामा फालिएको नवजात शिशु जीवितै उद्धार

आइतबार, ०२ कार्तिक २०८२

झापा : झापाको बुद्धशान्ती गाउँपालिका–७ सुनमाईस्थित सीमा आचार्यको घरको बरन्डामा अन्दाजी ४–५ दिनकी नवजात छोरी जीवितै फेला परेकी छिन्।

उक्त घरमा भाडामा बस्ने ताप्लेजुङ जिल्ला श्रिजंगा गाउँपालिका–७ का ओमप्रकाश तुमीहाङ लिम्बुले घरको बरन्डामा शिशु देखेपछि तत्काल इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए।

प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासी, भद्रभलादमी र जनप्रतिनिधिको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रदेशीय अस्पताल भद्रपुर पठाएको जनाएको छ।

अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। शिशु कसले त्यहाँ राखेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार