आधाभन्दा बढी सुडानीलाई मानवीय सहायता आवश्यक

शनिबार, २९ कार्तिक २०८२
सांकेतिक फाईल

सुडानको आधाभन्दा बढी जनसंख्यालाई मानवीय सहायताको खाँचो रहेको डेनिस शरणार्थी परिषद्का प्रमुखले बताएका छन् । 

सन् २०२३ अप्रिलमा युद्ध सुरु भएदेखि सुडानको सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको युद्धले दशौँ हजार मानिसको ज्यान लिएको छ । द्वन्द्वका कारण करिब एक करोड २० लाख विस्थापित भएका छन् र सुडानमा विश्वको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ ।

डेनिस शरणार्थी परिषद्का महासचिव चार्लोट स्लेन्टेले छिमेकी चाडको सीमावर्ती क्षेत्रको भ्रमणपछि एएफपीसँग फोनमा भनेका छन्,“हामी तीन करोडभन्दा बढी मानिसहरूलाई मानवीय सहायताको आवश्यक रहेको देख्छौँ ।” 

विश्व बैङ्कका अनुसार सन् २०२४ मा सुडानको जनसंख्या करिब पाँच करोड रहेको थियो । पछिल्लो समय भीषण लडाइँ भइरहेको सुडानको पश्चिमी डार्फर क्षेत्र चाडको सीमा क्षेत्रको स्थलगत भ्रमणपछि सहायता अधिकारीको टिप्पणीे आएको हो ।  

हालैका हप्ताहरूमा हिंसा नाटकीय रूपमा बढेको छ, आरएसएफले १८ महिनाको घेराबन्दी र अत्याचारको रिपोर्टहरू बढेपछि डार्फरमा सेनाको अन्तिम नियन्त्रण एल–फासरको प्रमुख शहर कब्जा गरेको छ ।

स्लेन्टेले भनेका छन्,“गैर सरकारी संस्थाले सुडानमा सामूहिक हत्या र यौन हिंसाको भेटिएका बताएका छन् ।” 

उनले त्यहाँ अन्तर्राष्ट्रिय समुदायले पर्याप्त काम नगरेको आरोप लगाए । 

शरणार्थी परिषद्का महासचिव चार्लोट स्लेन्टेले भने“प्राप्त जानकारी अनुसार सुडानी भूगोलमा वितरण भइरहेको मानवीय आवश्यक सामग्रीको धेरै सीमित प्रभाव रहेको छ । त्यहाँ अन्तर्राष्ट्रिय समुदायले हिंसा रोक्न सकेका छैनन् ।”

उनले त्यहाँ अन्य शहरहरू अझै पनि घेराबन्दीमा छन् जसले समान स्तरको ध्यान प्राप्त नगरिरहेको बताए । 

उत्तरी कोर्डोफान राज्यको राजधानी एल–ओबेद र दक्षिण कोर्डोफानको कडुग्ली र डिलिङजस्तै पश्चिम कोर्डोफान राज्यकोसेनाको अन्तिम गढ बबानुसा शहर धेरै महिनादेखि घेराबन्दीमा छ । 

राससको सहयोगमगा 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार