एमाले अध्यक्ष ओली र झापा गोल्डकपको टोलीबीच भेटघाट

विहीबार, ०१ माघ २०८२

बिर्तामोड : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र झापा गोल्डकपको आयोजक टोलीबीच आज भेटघाट भएको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा माघ २४ गतेदेखि सञ्चालन हुने झापा गोल्डकप फुटबल प्रतियोगिताको स्वर्गीय ‘बिनोद बस्नेत स्मृति’ सातौँ संस्करणका सन्दर्भमा छलफल गर्न गोल्डकपका अध्यक्ष केदार गिरीको नेतृत्वमा आएको टोलीले अध्यक्ष ओलीसँग भेटघाट गरेको हो ।

भेटका क्रममा प्रतियोगिताको तयारी, व्यवस्थापन र सफल आयोजनाका विषयमा कुराकानी भएको झापा गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिए । उनले झापाबासी तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीबाट प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग अपेक्षा गरिएको बताए । “प्रतियोगिताको तयारीका विषयमा छलफल गरेर फर्किएका छौँ,” गिरीले भने ।

अध्यक्ष ओलीसँगको भेटघाटका लागि झापा गोल्डकपका अध्यक्ष गिरीसहित पूर्वमन्त्री अग्नि खरेल, वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, कार्यसमिति सदस्य मदन खड्का, राजु घिमिरेलगायतको टोली भक्तपुरको गुण्डु पुगेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार