काठमाडौँ : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएका टिप्पणी र आलोचनालाई सम्मान गर्ने उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर धैर्यता राख्न आग्रह गरेका छन्।
समाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले आफूप्रतिको आलोचना नै मार्गदर्शन र ऊर्जा भएको बताउँदै, पार्टीको वर्तमान चुनौतीपूर्ण अवस्थालाई बुझेर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन्।
“देश र पार्टीमाथि देखिएको प्रतिकूल परिस्थितिलाई हेर्दा निर्णयमा केही समय लाग्नु स्वाभाविक हो,” उनले भने, “हतारमा गरिएको निर्णयले पछुताउनुभन्दा, उपयुक्त निष्कर्षमा पुग्न समय लिनु नै राम्रो हो।”
कावा सभापति खड्काले कांग्रेसलाई एकताबद्ध राख्दै प्रतिकूल परिस्थिति सामना गर्न, विगतका गल्ती–कमजोरी स्वीकार गरी जनतासँग माफी मागेर फेरि समाधानको नेतृत्व लिन सक्ने स्थिति बनाउन नै अहिले भइरहेको प्रक्रियाले समय लिएको स्पष्ट पारेका छन्।
प्रतिक्रिया