प्रदेश खबरकर्मी किशोर बुढाथोकीसहित ७ जना सम्मानित

विहीबार, ०१ माघ २०८२

दिंला : प्रदेश खबरकर्मी तथा विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकी बिहीबार भोजपुरको दिंलामा सम्मानित भएका छन् । भोजपुरको षडानन्द नगरपालिकाले चौथो राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर पत्रकार बुढाथोकीसहित विभिन्न क्षेत्रका ७ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा सामुदायिक बीउ बैंकका सल्लाहकार तथा सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, नेपाल पत्रकार महासंघ मोरङका सचिव एवं बीएफएमका सम्पादक नेत्र पी. अधिकारी, नेपाल पत्रकार महासंघ भोजपुरका कोषाध्यक्ष मोहन तामाङ, षडानन्द नगरपालिकाका कृषि प्राविधिकहरू अम्बिका राई, प्रदीप भण्डारी र दिपिका राई रहेका छन् ।

मुलुकी खबर अनलाइनका सम्पादकसमेत रहेका बुढाथोकी अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्यूरो प्रमुख पनि हुन् । बीउ बैंकको स्थापना तथा रैथाने जातका बीउ संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनीहरूलाई षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राईलगायतले सम्मान गरेका हुन् ।

चौथो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा षडानन्द नगरपालिकाले बीउ बैंक स्थापना, प्रथम कन्दमूल प्रदर्शनीलगायत कार्यक्रम आयोजना गरेको थियो । जैविक विविधता संरक्षण र स्थानीय बीउको महत्व उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने आयोजकले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार