धरान : अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको २६औं संस्करण यही माघ महिनामा हुने भएको छ ।
प्रतियोगिताका विषयमा जानकारी गराउन आयोजक धरान फुटवल क्लवले गरेका पत्रकार सम्मेलनमा यही माघ महिनाको २२ गते देखि धरान उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको रंगशालामा २६औं सस्करणको अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिता सञ्चालन हुने जनाएको हो ।
२५औं संस्करणमा आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यस वर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १० लाख रुपैया प्राप्त गर्ने छन् भने उपविजेताले पाँच लाख पुरस्कार पाउने समेत पक्राकार सम्मेलनमा जनाइयो । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होन्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैया, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५–२५ हजारका दरले पुरस्कृत गरिने समेत पत्रकार सम्मेलनमा क्लबका महासचिव नविन राईले जनाकारी दिए । साथै सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैया पुरस्कार प्रदान गरिने पनि राईले बताए ।
प्रतियोगितामा एनआरटि क्लब काठमाण्डौ, चर्च ब्वाईज क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लब कालेम्पुङ भारत, एलए क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाईज युनाटेड क्लब काठमाडौं, झापा–११ झापा, र धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।
गत संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटी क्लब काठमाडौं तथा उपविजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं रहेको थियो ।
प्रतिक्रिया