दाङ : दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने एमाले महासचिव शङ्कर पोखरेलले बताएका छन् । घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार भेटमा एमाले महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने समेत बताएका हुन्।
महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै “प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ ।” भने
लोकतन्त्र, शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको समेत पोखरेलको भनाई रहेको थियो । पोखरेलले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । साथै पोखरेलले प्रतिनिधिसभाको १६५ वटै सिटमा पार्टीले उम्मेदवारी दिने समेत जानकारी गराए ।
प्रतिक्रिया