पेशागत एकतामा जोड दिँदै एनभिए कोशीले मनायो पन्ध्रौँ स्थापना दिवस

शनिबार, २४ माघ २०८२

इटहरी  । पेशागत एकता, असल अभ्यास र मूल्याङ्कन प्रक्रियामा एकरूपता कायम गर्ने विषयमा जोड दिँदै नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) कोशी प्रदेशले पन्ध्रौँ स्थापना दिवस मनाएको छ। स्थापना दिवसका अवसरमा हिजो (शुक्रवार) धरानको होटल धरान भ्यूमा  सङ्गठनका कार्यवाहक अध्यक्ष सचिन बराल र संस्थापक अध्यक्ष अमोद राज आचार्यको अध्यक्षतामा कार्यक्रम गरिएको थियो।

बैठकमा कोशी प्रदेशभरिका ३५ जना मूल्याङ्कनकर्ताको सहभागिता रहेको थियो। सहभागीहरूले पेशागत कार्यक्षेत्रमा देखिएका चुनौती, मूल्याङ्कन प्रक्रियामा विश्वास योग्यता अभिवृद्धि गर्ने उपाय र पेशागत समन्वय सुदृढ गर्ने विषयमा छलफल गरेका थिए।

अध्यक्ष बरालले पेशागत एकता र आचारसंहिताको प्रभावकारी कार्यान्वयनले मात्र मूल्याङ्कन क्षेत्रमा पारदर्शिता र विश्वास स्थापित हुने बताए। उनले सङ्गठनलाई थप सक्रिय र संस्थागत रूपमा सुदृढ बनाउन सबै सदस्यलाई आग्रह गरेका थिए।

बैठकमा अनुभव आदानप्रदान गर्दै पेशागत मर्यादा कायम राख्ने र क्षेत्रीय तथा राष्ट्रिय स्तरमा समन्वय थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। 

WhatsApp Image 2026-02-07 at 11.04.17 AM (3)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार