पाँचथरमा १२ दिनमै मुवा खोला डाइभर्सन पूरा, यातायात खुल्यो

शुक्रबार, ३१ असोज २०८२

पाँचथर : बाढीका कारण अवरुद्ध फिदिम–फालौट सडक खण्डअन्तर्गत मुवा खोलामा डाइभर्सन निर्माण गरिएको छ।

फालेलुङ गाउँपालिकाले डाइभर्सन निर्माण गरेको हो।

सदरमुकाम फिदिमदेखि नाङ्गिन–याङनाम–सिदिन हुँदै भारतको पश्चिम बङ्गालसँग सिमाना जोड्ने फालौटसम्म पुग्ने उक्त सडक खण्डको मुवा खोलाको डाइभर्सन बगेसँगै असोज १८ देखि यातायात र ढुवानी सेवा ठप्प थियो।

यसैबिच गाउँपालिकाले एक्स्काभेटर परिचालन गरेर पुनः डाइभर्सन गरी बाटो खुलाएको हो।

मुवा खोलामा बाटो अवरुद्ध हुँदा फालेलुङ–५ प्राङवुङका नागरिक मेमेङ, एकतिन, जोरपोखरी हुँदै फिदिम आउन बाध्य थिए भने खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार