एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा हुने

शुक्रबार, ३१ असोज २०८२

काठमाडौँ : नेकपा ९एमाले० ले पार्टीको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन आयोजना गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, महाधिवेशन पोखरामा हुनेछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति तोक्दै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन हलबाट पारित पनि गरिएको छ ।

तर, प्रतिवेदन पारित गर्ने क्रममा केही मतभेद देखिएको थियो । उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवेदनका केही बुँदामा असहमति जनाउँदै प्रतिवाद गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार