झापा : नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्डका रूपमा परिचित दिपलको इलेक्ट्रिक एसयूभी दिपल एस ०५ पूर्वी नेपालमा भव्य रूपमा सार्वजनिक गरिएको छ।
दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले बिहीबार झापाको मेचीनगरस्थित होटेल मेची क्राउण्डमा आयोजना गरेको विशेष समारोहमार्फत गाडी सार्वजनिक गरेको हो।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईँ, कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, दिपल बिर्तामोड आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापा लगायतका विशिष्ट व्यक्तित्वले संयुक्त रूपमा दिपल एस ०५ अनावरण गरेका हुन्।
नेपालमा सार्वजनिक भएको केही सातामै दुई सयभन्दा बढी युनिट बिक्री भइसकेको यो मोडेलले अब पूर्व–नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।
दिपल एस ०५ मा विश्वकै अग्रणी ब्याट्री निर्माता सीएटिएल (CATL) को आधुनिक गोल्डेन शिल्ड ब्याट्री सिस्टम २।० प्रयोग गरिएको छ। यसले ५ हजार चार्जिङ साइकल अर्थात् करिब ६ लाख किलोमिटरसम्मको लाइफस्पान प्रदान गर्ने कम्पनीको दाबी छ।
दिपल एस ०५ को भित्री सुविधाहरू यसलाई आफ्नो सेग्मेन्टमा विशेष बनाउँछन्–
दुवै फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड
‘क्विन कोपाइलट सिट’ सहित जिरो ग्राभिटी, लेग सपोर्ट र वन–टच न्याप मोड
सेग्मेन्ट–एक्स्क्लुसिभ रिमोट इन–एन्ड–आउट पार्किङ — साँचो प्रयोग गरेर गाडीलाई बाहिरैबाट अगाडि–पछाडि सार्न सकिन्छ
सेग्मेन्टमै पहिलो अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले (AR–HUD)
१४.४ इन्चको सनफ्लावर टचस्क्रिन र पूर्ण इन्टरनेट कनेक्टिभिटी
कार्यक्रमकै अवसरमा बिर्तामोडमा दिपलको नयाँ स्टेट–अफ–द–आर्ट सोरुम पनि उद्घाटन गरिएको छ। अब आरए मोटर्सले पूर्वी क्षेत्रमा दिपलका इभीको विक्री–वितरण तथा विक्री–पछिको सेवा औपचारिक रूपमा प्रदान गर्नेछ।
यससँगै शनिबारेदेखि तीन दिनसम्म विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज कार्यक्रम सुरु भएको छ।
दिपल एस०७ – आकर्षक कनेक्टिभिटी र प्रिमियम डिजाइन
दिपल ई०७ – स्टाइलिस सेडान
अवतार ११ – अल्ट्रा–प्रिमियम लक्जरी एसयूभी
दिपल एस०५ – हालैको चर्चित मोडेल
एक्सचेन्ज क्याम्पमा सहभागी हुने ग्राहकले पाउने सुविधा
पुरानो गाडीको सर्वोत्कृष्ट मूल्याङ्कन
निश्चित मोडेलमा नगद छुट
निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स
निःशुल्क ट्राभल चार्जर
कार्यक्रम स्थलमा दिपलको नवीनतम ह्युमनोइड रोबोट र रोबोट कुकुर समेत प्रदर्शनीमा राखिएको थियो, जसले चाङान ग्रुपको एआई र अटोमेसनप्रतिको भविष्यदृष्टि प्रत्यक्षरूपमा देखाएको थियो।
कार्यक्रममा बिर्तामोडसहित मेचीनगरका उद्योगी व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो। सांस्कृतिक कार्यक्रमसहित आयोजित सो समारोहको सञ्चालन अनु मानन्धरले गरेकी थिइन्। कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईँ र विशेष अतिथि कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेलले शुभकामना व्यक्त गरेका थिए।
प्रतिक्रिया