गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्दै

विहीबार, ०१ माघ २०८२

काठमाडौं । गगन थापा नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको पहिलो बैठक विहीबार बस्दैछ। कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित नयाँ केन्द्रीय कार्य समितिको बैठक ललितपुरको कुपन्डोलमा बिहान ११ बजे बस्ने महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ।

बैठकमा विशेष महाधिवेशनको समग्र समीक्षा, संगठनात्मक कार्यदिशा र तत्कालीन कार्यसूचीबारे छलफल हुने बताइएको छ। बैठकपछि विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको विवरण अद्यावधिक गर्न कांग्रेसको टोली निर्वाचन आयोग जाने तयारीमा छ।

अधिवक्ता राजु कटवालका अनुसार पार्टीले विशेष महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेकाले त्यससम्बन्धी कागजात र अभिलेख अद्यावधिकका लागि विहीबार मध्याह्न १२ देखि १ बजेसम्म निर्वाचन आयोग जाने कार्यक्रम तय गरिएको छ। विशेष महाधिवेशनका कागजात र अभिलेख दस्तावेजीकरणका लागि कटवालसहितको टोलीले सहजीकरण गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार