काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।
त्यस्तै, दोस्रो दिन नेपाली, तेस्रो दिन गणित, चौथो दिन विज्ञान तथा प्रविधि, पाँचौं दिन सामाजिक अध्ययन र त्यसपछि ऐच्छिक विषयहरूको परीक्षा क्रमशः सञ्चालन हुनेछ । प्राविधिक धारका बाँकी विषयको परीक्षा चैत २७–२९ गतेमा हुने बताइएको छ ।
यो पटकको एसइई गत वर्षको तुलनामा १२ दिन ढिलो सञ्चालन हुने भएको छ । गत वर्ष एसइई चैत ७ गतेदेखि सुरु भएको थियो ।
प्रतिक्रिया