डा. संगीता मिश्रालाई पाँच लाख धरौटीमा रिहा गर्ने आदेश

बुधबार, ०७ माघ २०८२

काठमाडौँ :अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दापछि निलम्बनमा रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्रालाई विशेष अदालतले बुधबार पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई धरौटी माग गर्दै रिहा गर्ने निर्णय सुनाएको हो।

अख्तियारले म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको ठहर गर्दै स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकसमेत रहेकी डा. मिश्रासहित १४ जनाविरुद्ध कात्तिक २ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारको दाबीअनुसार म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान स्वीकृत गर्ने, बोलपत्र आह्वान गर्ने, म्याक्सीम इन्कपरेसन ट्रेडर्स प्रालिको बोलपत्र छनोट तथा स्वीकृत गर्ने, सम्झौता गर्ने र रकम भुक्तानी दिने कार्यमा डा. मिश्राको संलग्नता देखिएको बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार