काठमाडौं : सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारको प्रवक्ता तोकेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघिका सरकारी प्रवक्ता तथा सञ्चारमन्त्री रहेका जगदीश खरेलले पदबाट राजीनामा दिएपछि प्रवक्ताको पद रिक्त भएको थियो ।
सरकारका अनुसार प्रवक्ता पद रिक्त भएपछि तत्कालै जिम्मेवारी दिन आवश्यक ठानेर गृहमन्त्री अर्याललाई उक्त जिम्मेवारी तोकिएको हो । अब अर्यालले सरकारका निर्णय, नीति तथा कार्यक्रमबारे नियमित रूपमा सार्वजनिक जानकारी गराउने छन् ।
प्रतिक्रिया