जेन–जी आन्दोलन छानबिन आयोगको म्याद २० दिन थप

विहीबार, ०८ माघ २०८२

काठमाडौं : भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थप गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकाल २० दिन थप गर्ने निर्णय गरेको हो । आयोगले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि आयोगका अध्यक्ष गौरीशंकर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पुनः म्याद थपका लागि अनुरोध गरेका थिए ।

सरकारले आयोगको अनुरोधअनुसार दोस्रोपटक म्याद थप गरेको हो । यसअघि आयोग गठन गर्दा तीन महिनाभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो । तर तोकिएको अवधिमा अनुसन्धान पूरा हुन नसकेपछि सरकारले पुनः समय थप गरेको हो ।

सरकारका अनुसार आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिनका लागि आयोगलाई थप समय आवश्यक परेकाले म्याद बढाइएको हो । आयोगले थपिएको अवधिभित्र प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार