विराटनगर इन्टरनेशनल कलेज : दीक्षान्त–२०२५ भव्य रूपले सम्पन्न

मंगलबार, १६ मंसिर २०८२

बिराटनगर : बिराटनगर इन्टरनेशनल कलेज (BIC) ले आइतबार सोाल्टी वेस्टेन्ड, इटहरीमा आफ्नो वार्षिक दीक्षान्त समारोह–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ। कलेजले यसवर्षका स्नातक विद्यार्थीहरूको शैक्षिक उपलब्धि, समर्पण र कडा मेहनतलाई सम्मानपूर्वक प्रकाशमा ल्याउँदै समारोह सम्पन्न भएको हो।

यस वर्ष कलेजका ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन्। तीमध्ये ५४ जना ‘अन्तर्राष्ट्रिय व्यवसाय व्यवस्थापन’ तथा १० जना ‘अन्तर्राष्ट्रिय आतिथ्य व्यवस्थापन’ विषयमा दीक्षित भएका छन्। कलेजका अनुसार यी विद्यार्थीहरू अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी करिअर यात्रामा अघि बढ्न सक्षम भएका छन्।

समारोहमा इनोभेट नेपाल समूह (ING) का संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूलाई बधाई दिँदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीसहित अघि बढ्न प्रेरित गरे।

brt internatnol 1

त्यस्तै, कलेजको शैक्षिक साझेदार युनिभर्सिटी अफ वोल्भरह्याम्पटनका प्रतिनिधिले सहभागी हुँदै विद्यार्थीहरूको अनुशासन, प्रतिबद्धता र परिश्रमको उच्च प्रशंसा गरे। उनले विद्यार्थीहरूको शैक्षिक यात्रा कलेज र विश्वविद्यालयबीचको सुदृढ साझेदारीको सफल नतिजा भएको उल्लेख गरे।

बिराटनगर इन्टरनेशनल कलेजका अध्यक्ष तथा व्यवस्थापन टोलीले स्नातक–२०२५ लाई बधाई दिँदै उनीहरूले नेपालको व्यवस्थापन, उद्यम, आतिथ्य सेवा तथा विश्वव्यापी अवसरहरूको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार