उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, १८ माघ २०८२

काठमाडौँ : उदयपुर सिमेन्ट उद्योगमा करोडौँ रुपैयाँको आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेलसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार पौडेलसहित निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का विभागीय प्रमुख हरि अधिकारी तथा बिक्री विभाग प्रमुख रामबहादुर जिसीमाथि मुद्दा दर्ता गरिएको हो।

आयोगले अभियुक्तहरूले पदको दुरुपयोग गर्दै खरिद, उत्पादन र बिक्री प्रक्रियामा अनियमितता गरी १२ करोडदेखि ४६ करोड ५२ लाख रुपैयाँसम्म हिनामिना गरेको दाबी गरेको छ।

अख्तियारका अनुसार सुरेन्द्र पौडेल र महेश काफ्लेमाथि १२ करोड ६३ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप छ भने बाँकी अभियुक्तहरूमाथि संयुक्त रूपमा ४६ करोड ५२ लाख रुपैयाँ अनियमितता गरेको आरोप लगाइएको छ।

तत्कालीन महाप्रबन्धक पौडेल हाल नेपाल पुनर्बीमा कम्पनीका अध्यक्षका रूपमा कार्यरत छन्। अख्तियारले विस्तृत अनुसन्धानपछि पर्याप्त आधार र प्रमाणका आधारमा मुद्दा दायर गरिएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार