काठमाडौँ : सिद्धार्थ बैंक लिमिटेड Awards for Corporate Excellence 2025 अन्तर्गत Commercial Banking Category बाट सम्मानित भएको छ ।
कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
माघ १६ गते आयोजित समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले अवार्ड ग्रहण गरेका थिए ।
मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्यसम्पादनमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
यस उपाधिले आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास बैंकले व्यक्त गरेको छ । साथै, आगामी दिनहरूमा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रेरणा यस सम्मानले दिएको बैंकको भनाइ छ ।
अवसरमा बैंकले निरन्तर सहयोगका लागि आफ्ना ग्राहक, सरोकारवाला तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
प्रतिक्रिया