पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : एमाले उपाध्यक्ष गुरुङ

मंगलबार, २० माघ २०८२

काठमाडौं  : पूराना पार्टीका सानातिना कमी कमजोरीहरुलाई माध्यम बनाएर नेपालको संविधानमाथि आक्रमण भइरहेको नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपाध्यक्ष गुरुङले पुरानो पार्टीहरु असान्दर्भिक भयो भन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरुलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताएका हुन् ।

एमाले उपाध्यक्ष गुरुङले एमालेमाथिको आक्रमण नेपालको संविधान र राजनीतिक व्यवस्थामाथिको आक्रमण भएको पनि समेत बताए । वर्तमान अवस्थामा नेपालको स्वाधिनता र स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा उभिएका देशभक्त नेपालीहरुको आफ्नो पार्टीलाई साथ र समर्थन गर्ने विश्वास लिएको पनि गुरुङको भनाई रहेको थियो ।

 नेपाली काङ्ग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन नभएको भन्दै मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी एमाले मात्र भएको पनि गुरुङले थपे । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार