कांग्रेसले निर्वाचनका लागि खटायो कोशी प्रदेशमा नेताहरू

मंगलबार, २० माघ २०८२
फाइल फोटो

काठमाडौँ  : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि नेपाली काँग्रेसले कोशी प्रदेशमा केन्द्रीय प्रतिनिधिहरुलाई खटाएको छ । दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय प्रतिनिधि खटाएको हो ।

कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको जनाइएको छ । 

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश भित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने छन् । सोही अनुसार कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लामा सहमहामन्त्री डा.डीला संग्रौलालाई खटाएको छ । संग्रौलासँगै निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाइएको छ ।

कोशी प्रदेशकै संखुवासभा, तेह्रथुम भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा नेताहरु अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझीलाई खटिएका जनाइएको छ । 

यस्तै सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जीलाई खटाइएको पार्टी प्रवक्ता चालिसेले जनाएका छन। 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार