काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले नाम लिए पछि पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् । शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा पूर्वसभासद शेर्पा पनि संलग्नता रहेको उल्लेख गरेपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । शनिबार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापासमेत मारेको थियो ।
शेर्पा २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । हाल पनि उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको बताइएको छ।
Discussion about this post