धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययरत विद्यार्थीबीच झडप हुँदा एक विद्यार्थी सिकिस्त घाइते भएका छन् ।
दुई विद्यार्थीबीच झगडा भएपछि तीन तला माथिबाट खसेका सिन्धुलीका २२ वर्षीय राजेश फुयाँल घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार सिन्धुलीका २२ वर्षीय राजेश फुयाँलले अर्का विद्यार्थी गोरखाका रविन पाण्डेलाई सिसाले प्रहार गरेका थिए । त्यसपछि फुयाँल तीन तला माथिबाट आफै खसेर घाइते भएको पनि डिएसपी मल्लले बताए ।
फुयाँल डिप्रेसनमा रहेको आशंका उनका साथीहरुले गरेका छन् । उनीसँगै बस्ने एक साथीले नाम नबताउने सर्तमा भने ‘फुँयालमा डिप्रेसनको लक्षण देखिएको जस्तो लागेको छ ।’
सिसाले लागेर पाण्डेको ढाड र अनुहारमा चोट लागेको छ । घाइते पाण्डे खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट रगत लागेको शिशाको टुक्रा पनि भेटिएको प्रहरीले जनाएको छ । उनीहरु एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । घटना र कारणबारे अनुसन्धान भइरहेको पनि इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
Discussion about this post