इलाम । इलाममा गर्मी बढेपछि बिरामीको चाप बढेको छ । लगातार गर्मी बढेपछि बिरामीको संख्यामा बृद्धि भएको हो । बिरामी बढेपछि उपचारका लागि समस्या हुन थालेको छ ।
इलाम जिल्ला अस्पतालमा समेत पर्याप्त चिकित्सक छैनन् । पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या हुने गरेको छ । दैनिक रुपमा गर्मी बढ्दै गएको छ, यसैका कारण बिरामीको संख्या बृद्धि भएको जनाइएको छ ।
उपचार गराउन दैनिक दुई सय माथी बिरामी अस्पतालमा आउने गरेका छन् । इलाम अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नभएका कारण पनि उपचारमा समस्या भएको इलाम अस्पताल प्रमुख डा प्रभु शाहको भनाई छ ।
जेठ महिनामा एकाएक गर्मी बढेका कारण पनि बिरामीको संख्यामा बृद्धि भएको हो । पानी पर्ने सिजनमा पानी नपरी घाम लाग्दा पहाडी जिल्लाहरुमा समेत गर्मी बढेको छ । बिरामीको चाप बढेका कारण उपचारमा समस्या भएको इलाम अस्पताका स्वाथ्यकर्मी टीका लुइटेलको भनाई छ । संख्या बृद्धि भएपछि सहज रुपमा उपचार गराउन समस्या हुने गरेको छ ।
रुगाखोकीसँगै झाडा पखाला, रिंगटा लाग्ने र बान्ता हुने बिरामी बढेको बताइएको छ । इलाम अस्पताल लगायत जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र र निजी मेडिकलमा समेत बिरामीको संख्यामा बृद्धि भएको हो ।
बिरामीको संख्या बढेसँगै बेडहरु भरिएका छन् । बिशेषगरि बालबालिका र बृद्धबृद्धालाई समस्या हुने गरेको छ । प्रशस्त मात्रामा पानी पिउनुपर्ने र मास्कको प्रयोग साथै भिडभाडबाट जोगिन चिकित्सकहरुले सुझाव दिएका छन् ।
Discussion about this post