इटहरी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आउने भएका छन् ।
पार्टीको जिल्ला सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न देउवा साउन ६ गते आउने भएका हुन् ।
४१औँ बीपी स्मृति दिवसअवसरमा सुनसरी कांग्रेसले जिल्ला सम्मेलन गर्न लागेको जिल्ला सभापति केदार भण्डारीले बताए ।
सभापति देउवाले इनरुवा ९ बबियामा बनाइएको बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्ने पार्टीले जनाएको छ ।
सभापति देउवाले त्यसै दिन कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको जिल्ला कांग्रेस कार्यालय सुनसरीले जनाएको छ ।
सम्मेलनमा सहभागिताका लागि केन्द्रीय सदस्यहरू, कोशी प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, पालिकाका पदाधिकारीहरू तथा सदस्यहरू, वडाका पदाधिकारी तथा सदस्य, टोल समितिका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहने सुनसरी पार्टी सचिव वीरेन्द्र शाहले जनाए ।
Discussion about this post