काठमाडौं । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको भन्दै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आज ज्ञापनपत्र बुझाउँदै छ ।
महासंघले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ । सरोकारवाला मन्त्रालयहरुलाई भुक्तानीका लागि ज्ञापनपत्र बुझाउने महासंघले जनाएको छ ।
महासंघका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने गरी आन्दोलनको कार्यक्रम तय गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
महासंघले मागहरु पूरा नभए दोस्रो चरणको आन्दोलन घोषणा गर्ने जनाएको छ ।
Discussion about this post