विराटनगर । विराटनगर महानगरपालिकाले सरसफाई शाखाका कर्मचारीहरु (सडक सफाई गर्ने कर्मचारीहरु) लाई धार्मिक यात्रा गराएको छ ।
महानगरले साउने सोमबारको अवसर पारेर सुनसरीको धरानस्थित पिण्डेश्वर मन्दिरको धार्मिक यात्रा गराएको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार बिहान धार्मिक यात्रामा जाने कर्मचारीहरुलाई विदाई गरेका थिए ।
मेयर कोइराला कर्मचारीहरुसँगै मन्दिर पुगेका थिए । कर्मचारीहरुले चतरास्थित सप्तकोशीको जल लिएर पिण्डेश्वर पुगेका थिए । धार्मिक यात्रामा ४० जनाभन्दा बढी सफाई कर्मचारी सहभागी भएका थिए ।
धार्मिक यात्रामा जाने सफाई कर्मचारीका लागि वातावरण तथा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, किरण न्यौपानेले सहजीकरण गरेका थिए ।
Discussion about this post