भानुभक्त निरौला(सोलुखुम्बु)/मनाङ एयरको हेलिकप्टर आज विहान खुम्बु क्षेत्रमा दुर्घटनामा परेको छ । लुक्ला विमानस्थलबाट विहान ७ बजेर ११ मिनेटमा खाद्यान्नको कार्गो बोकेर माथिल्ले क्षेत्र गएको हेलिकप्टर खुम्बुपासाङल्हमु गाउँपालिका ४ लबुचेमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परि हेलिप्टर पूर्ण रुपमा जलेको छ भने पाईलट बाच्न सफल भएका छन् । हेलिकप्टर जलेसँगै घाईते भएका पाईलट प्रकास सेढाईलाई उपचारका लागि काठमाण्ढौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपि दिपक श्रेष्ठले बताए । घाईते पाईलटलाई फिस्टेल एयरको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो । दुर्घटनाको यकिन कारण भने खुल्न सकेको छैन । शरद ऋतुको पर्यकीय सिजन शुरु भएसँगै खुम्बु क्षेत्रको यो पहिलो हवाई दुर्घटना हो ।
Discussion about this post