बिर्तामोड । बिर्तामोडमा भएको डोरीतान प्रतियोगिताको उपाधि कचनकवल गाउँपालिकाले हात पारेको छ । झापामा पहिलोपल्ट आयोजित डोरीतान प्रतियोगिताको उपाधिसंगै नगद ३१ हजार , ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ ।
झापा जिल्ला डोरीतान संघले अनारमनी पव्लिक क्याम्पसको खेलमैदानमा प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगिताको फाइनल खेलमा बुद्धशान्ति गाउँपालिकालाई २–१ ले पराजित गरी कचनकवलले उपाधि जितेको हो ।
पहिलो सेट कचनकवलले जितेको थियो भने दोस्रो सेट बुद्धशान्तिले जित्दै बराबरी गरेको थियो । फेरि तेस्रो सेट कचनकवलले जित्दै २–१ ले उपाधि जितेको हो ।
यता उपविजेता बुद्धशान्तिले नगद २१ हजार , ट्रफी , मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगितामा कचनकवल , बुद्धशान्ति ,गौरादह, हल्दिवारी ,मेचीनगर , भद्रपुर ,बिर्तामोड, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ९ टीमको सहभागिता रहेको थियो ।
Discussion about this post