काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा काठमाडौंमा भएको प्रदर्शनका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।
राजधानीको बल्खुमा प्रहरी र प्रदर्शनकारीबिबीच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका ह्न् । केही सामान्य घाइते हुनुका साथै केहीलाई भने अस्पताल पठाइएको प्रदर्शनकारीहरुले बताएका छन् । अभियानका संयोजक दुर्गा प्रसाईँ बल्खुस्थित प्रदर्शनस्थलबाट बाहिरिने बित्तिकै पटक – पटक दुई पक्षीयबिच झडप हुँदै आएको छ ।
झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ भने आन्दोलनकारीले नाराबाजीसहित ढुंगा प्रहार गरिरहेका छन् ।
Discussion about this post