इटहरी । लायन्स क्लब अफ इटहरी सुनसरीको आयोजना आँखा शिविर सम्पन्न भएको छ ।
विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा इटहरी ५ स्थित लायन्स भवनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । आँखा शिविरबाट १६५ जनाले सेवा लिएको क्लबका अध्यक्ष लायन पीताम्बर पोख्रेलले बताए ।
जसमध्ये १३ जनाको शल्यक्रिया गर्नुपर्ने र शल्यक्रिया पनि लायन्स क्लब अफ इटहरी सुनसरीको सहकार्यमा निःशुल्क रूपमा विराटनगर आँखा अस्पतालले गर्ने सहमति भएको समेत अध्यक्ष पोख्रेलले बताए ।
वर्तमान समयमा आँखामा समस्या आइरहेको डाईविटिज र प्रेसर रोग लागेका व्यक्तिहरूले ६ ६ महिनामा आँखा जाँच गराउन डाक्टरले सल्लाह दिने गरेको र सहज रूपमा आँखाको उपचार सहज होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको उनले बताए ।
यसका साथै सर्वसाधारणको सहज पहुँचमा आँखा परीक्षण गर्ने उद्देश्यका साथ आँखा शिविरको आयोजना गरिएको लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष लायन पीताम्बर पोख्रेलले बताए ।
Discussion about this post